११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर उहाँले राजीनामा घोषणा गर्दै आफ्नो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्न आग्रह गर्नुभयो ।

आगामी मंसिर ४ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभालाई आगामी मंसिर ४ गतेसम्म लम्ब्याउने कुरा आएपछि आफूलाई लज्जाबोध भएकाले सांसद पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

“यस्तो अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन”, उहाँले भन्नुभयो, “संसदवाट प्राप्त हुने तलब, भत्ता र सुविधा सबै त्याग गर्न म आज सदनमा उपस्थित भएको छु, यहीँबाट म आजदेखि सांसदका रुपमा यहाँ उपस्थित हुने छैन ।”

प्रतिनिधिसभामा राप्रपाले आफ्नो उपस्थितिबाहेक कुनै पनि निर्णयमा पार्दैन भन्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको निर्वाचनको घोषणा भइसकेपछि अब जनताकै बीचमा जानुपर्छ, भत्ता पकाउन मात्र जानुहुँदैन भनेर आफू सदनमा आउन छाडेको बताउनुभयो ।

उहाँले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू पनि होमिएको भन्दै अब आउने प्रतिनिधिसभाका सदस्यहरुले दलीय स्वार्थमा यस्ता निर्णय नगर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभामा राप्रपाबाट एक्लो सदस्यका हिसाबले सदनमा उपस्थित हुँदा कयौँ नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको महसुस भएको भए पनि अन्य सदस्यहरुबाट उपेक्षाभाव महसुस नगरेको उहाँको भनाइ थियो ।