२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर उहाँले राजीनामा घोषणा गर्दै आफ्नो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्न आग्रह गर्नुभयो ।

आगामी मंसिर ४ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभालाई आगामी मंसिर ४ गतेसम्म लम्ब्याउने कुरा आएपछि आफूलाई लज्जाबोध भएकाले सांसद पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

“यस्तो अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन”, उहाँले भन्नुभयो, “संसदवाट प्राप्त हुने तलब, भत्ता र सुविधा सबै त्याग गर्न म आज सदनमा उपस्थित भएको छु, यहीँबाट म आजदेखि सांसदका रुपमा यहाँ उपस्थित हुने छैन ।”

प्रतिनिधिसभामा राप्रपाले आफ्नो उपस्थितिबाहेक कुनै पनि निर्णयमा पार्दैन भन्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको निर्वाचनको घोषणा भइसकेपछि अब जनताकै बीचमा जानुपर्छ, भत्ता पकाउन मात्र जानुहुँदैन भनेर आफू सदनमा आउन छाडेको बताउनुभयो ।

उहाँले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू पनि होमिएको भन्दै अब आउने प्रतिनिधिसभाका सदस्यहरुले दलीय स्वार्थमा यस्ता निर्णय नगर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभामा राप्रपाबाट एक्लो सदस्यका हिसाबले सदनमा उपस्थित हुँदा कयौँ नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको महसुस भएको भए पनि अन्य सदस्यहरुबाट उपेक्षाभाव महसुस नगरेको उहाँको भनाइ थियो ।