३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भइसक्दा पनि संसद्को कार्यकाल लम्ब्याउने क्रियाकलाप भएको भन्दै उहाँले राजीनामा दिने बताउनुभएको हो ।

“प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने क्रियाकलाप म एक्लैले रोक्न सक्तिनँ”, न्युजपोलारसँग उहाँले भन्नुभयो, “सेवा सुविधा लिने र आफ्नो कार्यकाल आफैँले लम्ब्याउने प्रक्रिया निर्लज्जताको पराकाष्ठा हो ।”

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफूले सांसद् पदबाट राजीनामा घोषणा गर्ने उहाँले बताउनुभयो ।