• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

राष्ट्रिय खेलकुद: एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण



कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् । गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो ।

करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । प्रतियोगिताको एक महिना अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ गतदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेश परिषद्का सदस्य सचिव तेजबहादुुर गुरुङले बताउनुभयो ।

यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय(हाइ अल्टिच्यूड) प्रशिक्षण दिने भएको छ । गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्यूड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सदस्य सचिव गुरुङले भन्नुभयो, “हामीले पदकको बढी आस गरेका खेलका खेलाडीलाई हाइअल्टिच्यूडमा ट्रेनिङ गराउनेछौँ, यसबाट खेलाडीको आत्मबल र इस्टामिना बढाउने छ, मनाङको प्रशिक्षणपछि पोखरामा खेल्दा नतिजा राम्रो गर्न सघाउ पुग्ने आकलन छ ।”

बढी उचाइमा गरिने खेल अभ्यास र प्रशिक्षणले खेलाडीको प्रदर्शन राम्रो गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सदस्य सचिव गुरुङले सरकारले खेलाडीलाई तोकेको दैनिक खर्चले मनाङमा अभ्यास गर्न अपुग हुने भएकाले त्यस क्षेत्रका होटल व्यवसायी लगायतसँग पनि सहयोगको आग्रह गरिएको बताउनुभयो । प्रदेश खेलकुदले जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि रु सात करोड ८५ लाख खर्च हुने अनुमान रहेको जनाएको छ । तयारीका लागि हालसम्म राखेपबाट रु ४९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ४६ लाख निकासा भएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा प्रतियोगिताको तयारी स्वरुप खेलस्थलको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको छ । राष्ट्रियमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन हुने निर्णय राखेपले गरिसकेको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले एक÷दुई खेल बाहेक सबै खेलको स्थल टुङ्गो लागि सके पनि प्राविधिकले अन्तिम निर्णय गरेपछि सार्वजनिक गरिने बताउनुभयो ।