११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हराउँदै गौराको मौलिकता

हराउँदै गौराको मौलिकता
फाईल फोटो
अ अ+ अ-

दोधारा चाँदनी । गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी छ । पछिल्लो समय आधुनिकताका कारण गौराको मौलिकता हराउँदै गएको छ । खास गरेर गौरा भन्ने वित्तिकै महिलाले ब्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित हुन्छ । अहिलेको पुस्ताले भने महत्वको ख्यालै नगरि केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन् ।

विभिन्न सङ्घ संस्थाले संस्कृतिको जर्गेना गर्नुपर्ने ठाउँमा गौराको मूल मर्ममाथि नै प्रहार हुने गरी महोत्सव भनेर देउडा आयोजना गर्न थालेका छन् । यसले गौराको मूल मर्ममाथि प्रहार हुन थालेको संस्कृतिविद् बताउँछन् । गौरा र देउडा फरक फरक विषयवस्तु रहेको गौरा महाकाव्यका लेखक दिलानन्द पन्तले बताउनुभयो ।

“गौराको आफ्नो छुट्टै महत्व छ, जसरी गौरा महोत्सव भनेर देउडा खेल्ने गरिन्छ, त्यो गलत हो”, उहाँले भन्नुभयो, “देउडा एउटा मनोरञ्जन मात्रै हो, गौरा महिलाले ब्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित छ ।” उहाँले गौरामा गाइने सगुन र फाग सुदूरपश्चिमको लोकजीवनसँग जोडिएको बताउनुभयो ।

गौरासँग जोडिएको ढुस्को, धुमारी, रामलिला र श्रीकृष्णलिला गायनको पनि छुट्टै विशेषता छ । तर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौराको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने ठाउँमा विभिन्न सङ्घसंस्थाले नै गौरा महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने मानसखण्डका जानकार आचार्य घनश्याम लेखक बताउनुहुन्छ ।

“गौरा महोत्सव भनेर देउडा गरिन्छ भने त्यहाँ गौराको आत्माको मृत्यु हुन्छ”, उहाँले भन्नुभयो, “देउडा त गौरा सकिएको दोस्रो दिनदेखि मनोरञ्जनका लागि गाइन्छ ।” तर पछिल्लो समय विभिन्न सङ्घ संस्थाले गौरा महोत्सव भनेर देउडा आयोजना गर्नु दुःखद रहेको यसका जानकार भानदेव बडूले बताउनुभयो ।

“गौरा कहिले मनाउने, कसरी मनाउने, त्यो हाम्रो संस्कृतिले नै निर्धारण गरेको छ त्यही महोत्सव हो, त्यही पर्व हो, त्यही नै सबै कुरा हो” उहाँले भन्नुभयो, “गौरामा महोत्वस गरिराख्नुपर्ने आवश्यकता नै छैन । गौरा हाम्रो परम्परागत पात्रोले यो दिन हुन्छ भनेर निर्धारण गरेको हुन्छ ।” उहाँले गौराको आफ्नै महत्व भएकाले देउडा फरक विषय भएको बताउनुभयो ।

पछिल्लो सयम आनुधिकतासँगै गौरा मनाउने चलन पनि फेरिँदै गएको छ । गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिँदा समस्या भएको पाका पुस्ताको भनाइ छ । गौरा र देउडा नितान्त फरक विधा हुन् । गौरालाई देउडा पर्वकारुपमा बुझ्याँै भने यसको महत्व नै नरहने पाका पुस्ताको भनाइ छ । “पहिला जस्तै ब्रत बस्ने चलन नै रहेन अहिले”, स्थानीय लक्ष्मी जोशीले भन्नुभयो, “अहिले गौराको कथा जान्ने मान्छे प्रायः छैनन्, नयाँ पुस्ताले जान्न बुझ्न चाहँदैनन् ।”

अहिले विभिन्न पाठ्यपुस्तकमा गौरालाई देउडा भनेर परिभाषित गरेको पाइन्छ । यसले गर्दा नयाँपुस्ताले गौरालाई केवल देउडाको रुपमा मात्र ग्रहण गर्ने खतरा उत्तिकै बढेको डोटेली लोकबार्ताका जानकार कविराज भट्टले बताउनुभयो । “अहिले सरकारी स्तरबाटै स्वीकृत भएका कतिपय पाठ्यपुस्तकमा गौराको वास्तविकता अध्ययन नै नगरी देउडाका रुपमा मात्रै परिभाषित गरेको पाइयो ।” उहाँले भन्नुभयो, “यो नितान्त गतल छ, यसलाई सच्याउनुपर्छ । यसले गौराको मुल मर्म माथी प्रहार गरेको छ ।”

परम्परागत रुपमा गौराको अध्ययन गर्दा यो सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने पर्व हो । विशेष गरेर नारी सम्मानका रुपमा मानिने यो पर्वमा यहाँका नारीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने चलन छ । यसमा नारीलाई यज्ञोपवित ग्रहण गर्ने र वैदिक मन्त्र जप्ने अधिकार दिएको छ । गौरामा खेलिने, गाइने भाका र लय हराउन थालेको छ । त्यसैले डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति हराउँदै गएको भट्टले बताउनुभयो । गौरा पर्व के हो ? यसको महत्व के हो ? के कस्ता गीत, कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्ता गरेको छैन भने पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ । संस्कृति जगेर्नातर्फ लाग्न पाका पुस्ताको नयाँ पिढीलाई सुझाव छ । रासस