११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभाको कार्यकाल बढाउन संसदमा विधेयक

प्रतिनिधिसभाको कार्यकाल बढाउन संसदमा विधेयक
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौंः सरकारले प्रतिनिधिसभाको कार्यकाल पूरै पाँच वर्ष बनाउने गरी शुक्रबार राति नयाँ विधेयक दर्ता गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल निर्वाचन आचार संहिता लागू भएपछि स्वतः समाप्त हुने गरी राजपत्रमा सूचना प्रकाशन गरिसके पछि सरकारले यस्तो तयारी गरेको हो ।

सरकारले ल्याएको यो विधेयक पारित भएमा संसदको कार्यकाल आगामी मंसिर ४ गतेसम्म मात्र होइन नयाँ प्रतिनिधिसभाको बैठक नबसेसम्म कायम रहने छ ।

यो व्यवस्था प्रदेश सभाका हकमा पनि लागू हुने विधेयकमा उल्लेख छ ।

विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”

कानुन मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाको कार्यकाल कहिले शुरु भएर कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट नभएकाले कानुन ल्याउनु परेको प्रतिक्रिया दिनु भएको छ ।

तर संविधानविद् भिमार्जुन आचार्यले संसदले आफ्नो कार्यकाल बढाउने गरी पहल थाल्नु अराजनीतिक, अनैतिक र असंवैधानिक रहेको जिकिर गर्नु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न मंसिर ४ मा हुने निर्वाचनका कार्यक्रमसमेत सुरु भइसकेको अवस्थामा सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको हो । असोज २ र ३ मा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने तालिका छ ।

नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएकाले त्यही दिनदेखि नै संसद्को कार्यकाल सकिने घोषणा निर्वाचन आयोगले समेत गरिसकेको छ ।