• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

नेपाल-केन्या दोस्रो एकदिवसीयः नेपालले बनायो २३० रन



केन्या विरूद्ध खेल्ने नेपाली क्रिकेट टोली-२०७९ । तस्वीरः क्यान

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २, २ विकेट लिए ।

हाल केन्या भ्रमणमा रहेको नेपाली टोलीले तीन एक दिवसीय क्रिकेट खेल्दैछ, तर केन्या आइसिसीको बरियतामा नपरेका कारण यस शृंखलालाई अन्तर्राष्टिय मान्यता भने दिइएको छैन ।

नेपालले शुक्रबार भएको पहिलो एक दिवसीयमा पनि केन्यालाई पराजित गरेको थियो । यसअघि दुबै देशबीच भएको पाँच खेलको टी२० क्रिकेट शृंखलामा नेपाल ३-२ ले विजयी भएको थियो ।