१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता झा ले दिए राजीनामा



अ+ अ-

जनकपुरः मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई आज आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत थिए ।