२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक संसद्मा पेस, पत्रकार तथा प्रकाशकलाई १० लाखसम्म जरिवाना गर्ने अधिकार (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मिडिया काउन्सिल विधेयक पेस गरेको छ । विधेयकमा पत्रकार तथा प्रकाशकलाई जरिवाना गर्नेसम्मको अधिकारको व्यवस्था गरिएको छ ।

आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई सरकारले १० लाख रूपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था विधेयकमा छ ।

विधेयकको दफा १८मा कसैले उजुरी दिएमा जाँचबुझ गर्ने र त्यसबाट मर्यादामा आँच पुगेको देखिएमा मिडिया काउन्सिलले सञ्चामाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रूपैयाँसम्म जरिबाना गर्न सक्ने उल्लेख छ ।

काउन्सिलले जारी गरेको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा क्षति पुगेको व्यक्ति वा संस्थालाई काउन्सिलले क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था संसद्मा प्रस्तुत विधेयकमा उल्लेख छ ।

सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न खोजेको छ । प्रेस काउन्सिलको स्थानमा मिडिया काउन्सिल गठन गर्न सरकारले हतारमा विधेयक पेस गरेको छ । यसअघि प्रेस काउन्सिललाई जरिवाना गर्ने अधिकार थिएन ।

सोही विधेयकलाई तत्कालीन नेकपा (एमाले) नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसद्मा पेस गर्दा कांग्रेसले अधिनायकवादको अभ्यास हुन लागेको भन्दै विरोध गरेको थियो । विरोधपछि सो विधेयक सरकारले फिर्ता लिएको थियो ।

Media-council-bill