११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

क्वारेन्टिन कार्यालयको जॉचबिना नै नेपाल भित्रिने कृषिजन्य उपजलाईअनुमतिपत्र

क्वारेन्टिन कार्यालयको जॉचबिना नै नेपाल भित्रिने कृषिजन्य उपजलाईअनुमतिपत्र
अ अ+ अ-

वीरगञ्ज । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना नमूना परीक्षण) प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ ।

खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जना कामा क्वारेन्टिन कार्यालय सञ्चालनमा छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश खाद्यान्न तथा कृषिजन्य सामग्रीमा नमूना सङ्कलन गरी जॉचबिना नै प्रवेश अनुमतिपत्र जारी हुँदैआएको पाइएको छ ।

कुनै पनि खाद्यान्न तथा कृषिजन्य वस्तु नेपाल आयात हुनुपुर्व नै क्वारेन्टिन कार्यालयको विज्ञ टोलीबाट उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षण गरेर खान उपयुक्त हुने भएमात्र कार्यालयले नेपाल प्रवेश अनुमतिपत्र जारी गर्नुपर्ने प्रावधान छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश नमूना परीक्षणबिना नै नेपाल प्रवेश गर्न अनुमतिपत्र जारी हुँदै आएको हो ।

क्वारेन्टिन कार्यालयमा हाल दरबन्दीअनुसार कर्मचारी नहुँदा कहिलेकाहीँ सबै नमूना सङ्कलन गरी चेकजॉच गर्न नभ्याइने अवस्था रहँदै आएको कार्यालय प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमदले बताउनुभयो । वीरगञ्जमा क्वारेन्टिनसहित दुई सम्पर्क कार्यालयसमेत छन् । वीरगञ्जस्थित सुक्खा बन्दरगाह क्वारेन्टिन सम्पर्क कार्यालय र वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय यहाँ छन् ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय बन्द छ । कर्मचारी अभावमा हाल वीरगञ्जस्थित क्वारेन्टिनबाटै वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी क्वारेन्टिन सम्पर्क कार्यालयको कामसमेत सञ्चालन हुँदै आएको हो । आवश्यक जनशक्ति अभावमा काम गर्न समस्या हुँदै आएको अहमदले बताउनुभयो । नौ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल पाँचमात्र कार्यरत छन् ।