१४ आश्विन २०८१, सोमबार
,
Latest
सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टिन कार्यालयको जॉचबिना नै नेपाल भित्रिने कृषिजन्य उपजलाईअनुमतिपत्र



अ+ अ-

वीरगञ्ज । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना नमूना परीक्षण) प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ ।

खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जना कामा क्वारेन्टिन कार्यालय सञ्चालनमा छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश खाद्यान्न तथा कृषिजन्य सामग्रीमा नमूना सङ्कलन गरी जॉचबिना नै प्रवेश अनुमतिपत्र जारी हुँदैआएको पाइएको छ ।

कुनै पनि खाद्यान्न तथा कृषिजन्य वस्तु नेपाल आयात हुनुपुर्व नै क्वारेन्टिन कार्यालयको विज्ञ टोलीबाट उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षण गरेर खान उपयुक्त हुने भएमात्र कार्यालयले नेपाल प्रवेश अनुमतिपत्र जारी गर्नुपर्ने प्रावधान छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश नमूना परीक्षणबिना नै नेपाल प्रवेश गर्न अनुमतिपत्र जारी हुँदै आएको हो ।

क्वारेन्टिन कार्यालयमा हाल दरबन्दीअनुसार कर्मचारी नहुँदा कहिलेकाहीँ सबै नमूना सङ्कलन गरी चेकजॉच गर्न नभ्याइने अवस्था रहँदै आएको कार्यालय प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमदले बताउनुभयो । वीरगञ्जमा क्वारेन्टिनसहित दुई सम्पर्क कार्यालयसमेत छन् । वीरगञ्जस्थित सुक्खा बन्दरगाह क्वारेन्टिन सम्पर्क कार्यालय र वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय यहाँ छन् ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय बन्द छ । कर्मचारी अभावमा हाल वीरगञ्जस्थित क्वारेन्टिनबाटै वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी क्वारेन्टिन सम्पर्क कार्यालयको कामसमेत सञ्चालन हुँदै आएको हो । आवश्यक जनशक्ति अभावमा काम गर्न समस्या हुँदै आएको अहमदले बताउनुभयो । नौ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल पाँचमात्र कार्यरत छन् ।