११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कक्षा १२ को परीक्षा भौतिक रुपमा नै लिने व्यवस्था गर्न शिक्षा समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक रुपमा नै लिने व्यवस्था गर्न शिक्षा समितिको निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । 

कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो । समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ । समितिकी सभापति घर्तीले भन्नु भयो, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्नु पर्‍यो। विद्यार्थीहरु खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न । यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु ।’

समितिले टयूसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए । समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गर्नु भयो । उहाँले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरुलाई जोखिम नहुने गरी परीक्षाको  तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिड विरुद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्यार्थीहरुले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले भौतिक रुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराउनुभयो । इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर आफूहरुले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।