२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको बयान: असक्षम र विफल भन्ने प्रश्न नै औचित्यहीन, संसदीय समितिमाथि नै प्रश्न



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिले आफूलाई सोधेका प्रश्नहरु औचित्यहीन भएको बताउनुभएको छ । उहाँले महाअभियोग सिफारिस समिति र संसद्माथि नै प्रश्न गर्नुभएको छ ।

बयान दिन दोस्रो दिन बिहीबार सिंहदरबार पुग्नुभएका जबराले समितिले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भनी लगाएको आरोपका विषयमा सोधिएको प्रश्नमा यसको कुनै औचित्य नभएको बताउनुभयो ।

जवाफ दिने क्रममा उहाँले समितिको प्रश्नमाथि नै प्रश्न गर्नुभएको थियो । समितिको प्रश्नमाथि नै प्रश्न गर्न थालेपछि समिति सदस्य कल्याणी खड्काले विरोध गर्नुभएको थियो । त्यसपछि जबराले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको भन्दै आफूलाई असक्षम भनी लगाएको आरोप गलत भएको बताउनुभयो ।

जबराले महाअभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनी प्रश्न गर्नुभएको थियो । बिहीबार बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे प्रश्नहरु सोधिएको थियो । जबरामाथिको आजको बयान सकिएको छ ।