• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

स्व. नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण



काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व. को स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व. गिरी प्रकृतिप्रेमी भएकाले उहाँको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताउनुभयो । “स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले स्व गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य, कांग्रेस नुवाकोटका पूर्वसभापति एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो ।