१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम



अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।

स्व गिरिको स्मृतिमा आज दिउँसो उहाँको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताउनुभयो ।

स्व गिरिको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उहाँको अस्तु आश्रममा सेलाइने छ । समाजवादी चिन्तक स्व गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।