९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

चोलेन्द्रको बयान पछि कुन सांसदले के भने ?

चोलेन्द्रको बयान पछि कुन सांसदले के भने ?
file
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले महाअभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएका निलम्वित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रश्ताव नै संविधान बमोजिम अघि नबढ्दा निस्क्रिय बनिसकेको बयान दिनुभएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताउनु भयो । उहाँले महाअभियोग प्रश्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आउनुभएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३÷४ दिनसम्म लगातार चल्ने बताउनु भयो । सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले डेढसय प्रश्नको जवाफ दिन जरुरी छ । त्यसबाट जे निस्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निस्कर्षमा पुग्छौँ । यो प्रश्न नै ३÷४ दिनसम्म लगातार जान्छ । उहाँले निस्क्रिय भयो भन्ने अवस्था छैन । महाअभियोग प्रश्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन । संसद सकिएपछि मात्रै के हुने हाने भन्ने प्रश्न हुन्छ । संसद रहुन्जेलसम्म निस्क्रिय भयो भन्ने कुरा हुँदैन । गठबन्धनले ढिलो गरेको र पारित गर्नलाई ल्याएको होइन की भन्ने आशंका हामीलाई लागेको हो । हामीसँग समयावधि पुग्दैन । तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेका छन् ।’

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताउनु भयो । उहाँले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राख्नुभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो । बयानमा उहाँले भन्नुभएको थियो तरपनि मैले न्यायपालिकाको नीति र सिद्धान्तलाई आधार मानेर मैले गलत गर्न चाहिन । त्यसैले यस्ता कुराहरु मप्रति महाअभियोग आयो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ । मैले ९९ प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईको बिरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ ।’

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रश्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रश्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताउनु भयो । उहाँले शुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रश्ताव दर्ता गर्नुभयो, महाअभियोग प्रश्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन प्रश्तावकमाथि प्रश्न गर्नुभयो । शुरुको दिन भएर एउटै प्रश्नमा प्रतिप्रश्न आउँदा ढिलो भएको हो, भोलिबाट छिटो हुन्छ । गोलमटोल जवाफ दिनुभएको छ ।’

बैठकपछि बोल्दै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिनुभयो । उहाँले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसदहरु नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज महाअभियोग समितिको बैठक बस्यो । भोलि ११ बजेबाट फेरि जारी रहन्छ । हामलिे आजका बैठकमा गरेका सबै छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड छ, त्यो रेकर्ड तत्काल पाउनुहुन्छ । वेबसाइटमा राख्ने सल्लाह छ । नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा नेकपा एमाले थियो तर सभापति र केही समितिका साथीहरुले नमानेपछि बाहिर राखेका हौँ ।’

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राख्नुभयो । उहाँले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताउनु भयो । सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताउनु भयो । उहाँले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाउनुभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छ । हचुवाको भरमा गर्ने कुरा रहँदैन । आजको बैठकले समय अलि लाग्छ भन्ने नै देखियो । हामी समितिमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्नेछौँ । उहाँले राजनीतिक दल मात्रै होइन, नेपाल बार एशोसिएशन, पूर्व प्रधानन्यायाधीश सबैप्रति प्रश्न उठाउनुभएको छ । उहाँले सबै एकातिर हुँदा म एक्लो वृहस्पिति भएँ भन्ने कुरा गर्नुभयो ।’

प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीवार ११ बजे बस्नेछ ।