९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दाबन्दी समाधान होइन, उच्च सतर्कता अपनाऔं, बैकल्पिक बाटो खोजौं



अ+ अ-

वि.सं. १६१६ मा राजा द्रव्य शाहबाट गोरखा राज्यको स्थापना भएको हो । गोरखाबासीहरूका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाइको रक्षा गौरक्षा गरिने ठाउँ भएकोले यही आधारमा यसको नाम गोरखा रहेको भन्ने भनाई छ । यहाँबाट नै नेपाल राज्य निर्माण र एकिकरणको सूत्रपात भएको हो । 

गोरखा जिल्ला राष्ट्र निर्माता पृथ्वी नारायण शाह, नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा, जंगबहादुर राणा जस्ता एैतिहासिक व्यक्तिहरूको जन्मस्थान पनि हो । एैतिहासिक रूपमा महत्वपुर्ण रहेको यस ठाउँको नामबाट हामी नेपाली विश्वमा वीर गोर्खालीको नामबाट चिनिने र गौरवान्वित हुने गर्दछौँ ।

गोरखा जिल्ला नेपालको  गण्डकी प्रदेशमा अवस्थित छ । यो नेपालको चौथो ठुलो जिल्ला हो । धादिङ, चितवन, तनहुँ र लमजुङ यस जिल्लाका छिमेकी जिल्लाहरू हुन् । यसको उत्तरी क्षेत्र चीनको तिब्बतसँग जोडीएको छ । पहाडी भु-धरातल रहेको यस जिल्लामा बुढीगण्डकी, मर्स्याङदी, दरौदी जस्ता नदीहरू ,  मनासलु, बुद्धिहिमाल, श्रृङगी हिमाल जस्ता हिम सृङखलाहरू , विभिन्न झरनाहरू, भञ्ज्याङहरू, टारहरू रहेका छन् । यहाँ नेपालमा पाइने प्राय सबै प्रकारको हावापानी पाइन्छ ।

संसार भरिका सबै देश कोभिड – १९ कोरोना भाइरसले आक्रान्त बनाएको छ । हाम्रो देश पनि नराम्रोसँग कोभिडले प्रभाबित भएको छ । गोरखा पहाडि जिल्ला मा असर नगर्ने कुरै भएन। देशका ७७ जिल्ला मध्य गोरखा कोरोनाले अति प्रभाबित जिल्लामा पनि परेको छ । आज पनि दैनिक सयौंको संख्यामा संक्रमित र केहिको मृत्यु भइरहेको छ । हाल नेपाल सरकारबाट उपलब्ध खोप कार्यक्रम पनि चलिरहेको छ । कोभिडले सामाजिक, राजनितिक, आर्थिक गतिबिधिमा र व्यवसायिक क्षेत्रमा उठ्नै नस्कने गरि प्रभाब परेको छ । साना व्यवसायि र दैनिक ज्यालादारिबाट आश्रितहरु बिस्थापित नै भएका छन् । यातायात व्यवसाय पुर्ण रुपमा धारासायि भएको छ । बैङ्कहरुले धमाधम सवारीका साधन लिलामि गर्ने अवस्थामा पुगेका छन् । यातायात क्षेत्रका मजदुरहरु पुर्ण रुपमा बेरोजगार भएका छन। 

जिल्ला सदरमुकामका केहि ठुला व्यापारिहरु पनि अब धान्न नसक्ने अवस्थामा पुगेका छन् । लामो समयको लकडाउन पछि अलि बौरिएको गोरखा जिल्ला आज फेरि देशको ७६ जिल्ला खुल्ला हुदा पुर्णरुपमा बन्द गरिएको छ। जनताको जनस्वास्थ्य मुल कुरा हो तथापि सामाजिक आर्थिक जीवन चलाएमान बनाउन सकिएन भने वर्तमान सङ्कटग्रस्त र भविस्य अन्धकार हुनेछ । 

गोरखा जिल्ला तिब्बतसँग जोडिएको हिमालि जिल्ला देशको प्रमुख राजमार्ग जम्मा जम्मि २४ कि मि को पृथ्बिराजमार्ग , मध्यपहाडि लोकमार्ग भर्खर बन्दैछ चालु छैन । अधिकांश सडक जिल्ला भित्रकै सन्जालमा छन् भने बर्सायमको कारण केहि मात्र चलेका छन् । हाम्रो जिल्लाबाट अर्को जिल्ला क्रस गर्नुपर्ने कुनै बध्यता छैन। तनहुँको आबुखैरेनि, डुम्रे  (तुरतुरे) र धादिङ्को सदरमुकामबाट जोडिने ठाउँलाइ स्वास्थ्य मापदण्ड मा कसिलो गर्न सक्यो भने सङ्क्रमणलाई केहि नियन्त्रण गर्न सकिन्छ । 

आज देशका राजधानी लगाएत सबै ७६ जिल्ला खुल्ला रहेको छ । हवाई उडान चलेका छन् तर हिलालि जिल्ला गोरखा पुर्ण रुपमा बन्द गरिनु निश्चय नै व्यवहारिक होइन । गत भदौ १ गते देखिको बन्द आज ८ गतेको समाप्तिसँग अब बाँकि २ दिन छ । यो अबधिमा आवश्यक पुर्व तयारि सबै गरेर जिल्लाका अति आवश्यक सेवाहरु अबिलम्ब खुल्ला गरौं । अव्यवहारिक र अमिल्दो अड्चनले जिल्लाका आर्थिक गतिबिधि ठप्प पार्नु कदापि मनासिव छैन । 

जोरबिजोर गरौं पसल र व्यापारिहरुलाइ समय तय गरौं दुनियाँमा नभएको काम गोरखामा मात्र नगरौं सम्बन्धित पक्षको ध्यान जाओस् । कोभिड – १९ को प्रभाब अति धेरै भएका जिल्ला पनि खुल्ला छन आएका खोप लगाउन व्यवस्थित तोकिएका जनता सम्म सिग्राधि सिघ्र पुर्याउँ, आवश्यक सबै स्वास्थ्य मापदण्ड पुरा गरि जिल्ला सुचरु गर्नु नै बुद्दिमानि हुनेछ । लकडाउन समाधान होइन सचेत र सुरक्षित बसौं ।

– कमल दानी (लेखक नेकपा एमालेका नेता तथा समाजसेवी हुनुहुन्छ )