१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा फर्किने घोषणा गरेका तामाङलाई नेकपा एसद्वारा कारबाही



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)छोडेर नेकपा (एमाले)मा फर्किने घोषणा गरेका तारा लामा तामाङलाई एकीकृत समाजवादीले कारबाहीका लागि सिफारिस गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तामाङले सोमबार प्रदेशसभामा विशेष समय माग गर्दै एमालेमा फिर्ता हुने घोषणा गरेका थिए ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले विज्ञप्ती जारी गर्दै पार्टीको अनुशासान र मर्यादाविपरीत वैधानिक व्यवस्थाविरूद्ध संसद् बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको जनाएका छन् ।

तामाङलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न सिफारिस गरिएको जनाइएको छ भने उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ ।

तामाङ एमाले विघटनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका थिए । तामाङ सुदूरपश्चिम प्रदेशमा ६ महिनाअघि आर्थिक मामिला तथा योजनामन्त्री समेत भएका थिए ।