५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा फर्किने घोषणा गरेका तामाङलाई नेकपा एसद्वारा कारबाही



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)छोडेर नेकपा (एमाले)मा फर्किने घोषणा गरेका तारा लामा तामाङलाई एकीकृत समाजवादीले कारबाहीका लागि सिफारिस गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तामाङले सोमबार प्रदेशसभामा विशेष समय माग गर्दै एमालेमा फिर्ता हुने घोषणा गरेका थिए ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले विज्ञप्ती जारी गर्दै पार्टीको अनुशासान र मर्यादाविपरीत वैधानिक व्यवस्थाविरूद्ध संसद् बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको जनाएका छन् ।

तामाङलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न सिफारिस गरिएको जनाइएको छ भने उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ ।

तामाङ एमाले विघटनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका थिए । तामाङ सुदूरपश्चिम प्रदेशमा ६ महिनाअघि आर्थिक मामिला तथा योजनामन्त्री समेत भएका थिए ।