• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ ★   गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले शपथ लिँदै ★   नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री ★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने

नेप्से परिसूचक २.३३ अंकले वृद्धि



काठमाडौँ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ ।

मंगलवार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवारको भन्दा कारोबार रकममा गिरावट आएको छ । सोमवार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ७ उपसमूहको परिसूचक सकारात्मक रहेको छ । जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ । तर बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

मंगलवार हिमालय एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । अपर हावाखोला जलविद्युत कम्पनीको ८.४५ प्रतिशतले बढेको छ । तर यता विन नेपाल लद्युवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमले ९५ करो ७७ लाख २५ हजार बराबरको कोरोबार भएको छ ।