६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः दोस्रो स्थानलाई होड रोमाञ्चक



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदैछन् ।

आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड बन्दैछ ।

बिहीबार सहिद स्मारक ए डिभजन लिगमा रेलिगेशनमा परिसकेको च्यासल युथ क्लबले दिनको १ बजे एन्फा कम्पलेक्समा सातदोबाटो युथ क्लबको सामना गर्दा सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पाले फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोलीका प्रशिक्षकले सुखद अन्त्यका लागि खेल्ने बताएका छन । सातदोबाटो युथ क्लबले च्यासलको सामना गर्दा शीर्ष चारमा अटाउने लक्ष्य लिएर मैदान उत्रिनेछ । १२ खेलबाट १८ अंक जोडेको सातदोबाटो अहिले १८ अंकका साथ पाँचौ स्थानमा छ । जित निकाले सातदोबाटोलाई शीर्ष चारमा अटाउने सम्भावना रहन्छ भने च्यासलले अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने लक्ष्य हुनेछ । बिहीबार नै हुने अर्को खेलमा हिमालयन शेर्पा पनि फ्रेन्ड्सविरुद्ध तीन अंक जोड्ने लक्ष्य लिएर मैदान उत्रिनेछ । उता रेलिगेशन संघर्षपूर्ण तरिकाले बचेको फ्रेन्ड्सपनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै च्याम्पियन टोलीका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै उपाधि उचाल्ने रणनीतिका लागि लिगको अन्तिम खेल खेल्ने बताउनु भयो । च्याम्पियन मच्छिन्द्रले १२ आंै चरणको समाप्ति सम्म १० खेलमा जित निकाल्दा दुई खेलमा अंक बाँडेको छ । यस्तै अर्को अपराजित टोली आर्मीले ५ खेलमा सुखद नतिजा निकाल्दा ७ खेलमा अंक बाँडेको छ ।

१३ औं चरणको खेल अन्तर्गत दोस्रो स्थानका लागि संघर्ष गरिरहेका टोली त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली मध्ये कुनै पनि टोलीले जित निकाले उपविजेताको टोलीको टुङ्गो लाग्नेछ भने बराबरीको अवस्थामा समिकरण अर्कै टोलीको पोल्टामा समेत पर्नेछ । त्यसका लागि तेस्रो स्थानमा रहेको एनआरटीले नेपाल पुलिसलाई पराजित गर्नु पर्नेछ । यस्तै अन्य  टोलीले पनि अन्तिम खेल सुखद बनाउने रणनीतिका साथ मैदान उत्रिनेछन् ।