२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टको उपाय खोजिमा छ: प्रचण्ड



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गर्नुभयो । उहाँले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताउनु भयो । अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रले प्रत्यक्षनतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज मात्र प्रधानमन्त्री र काँग्रेसका नेताहरुसँग पनि मेरो कुरा भएको छ । हामी पर्सिसम्म संख्या टुंग्याउने प्रतिवद्धता छ । टुंग्याउने नजिक नजिक पुगेका छौँ । यही गठबन्धनमा संख्या टुंग्याउँछौँ । पहिलो स्टेप । दोस्रो स्टेप हाम्रो टार्गेट भनेको २० गतेसम्म कुन क्षेत्रमा माओवादीलाई, कुन काँग्रेसलाई, कुन समाजवादी, कुन जसपा, कुन जनमोर्चालाई हामी क्षेत्र र प्रदेशको कुन क्षेत्र र कुन प्रदेश कुन पार्टीले पाउने भन्ने कुराको टुंगो लगाउनेछाँै । हामीले २५ गतेसम्म हामी आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार टुंग्याउँछौँ । अरु पार्टीमा भन्दा हाम्रो पार्टीमा स्थानीय तहको निर्वाचनमा कमै मात्र त्यस्ता घटना भए । हाम्रो पार्टीमा पनि अनौठा घटना भए । कोही बाइकबाटै टिकट सोरेर लगेर अर्कैलाई दिने घटना भए । कोही स्थानमा पार्टीले अर्को भनेको छ, अर्कै मान्छे गएर दर्ता गरेको छ । तर प्रदेश र संघमा त्यस्तो हुँदैन । त्यस्तो हुन दिइँदैन । हामीले प्रत्यक्षमा प्रतिनिधि सभामा ६० सिट भन्दा घटन सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ ।’

अध्यक्ष दाहालले गठबन्धन अबपनि रहने की नरहने भन्ने बारेमा अहिले वहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गर्नुभयो । उहाँले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । उहाँले तत्कालीन नेकपा रहँदा आफूहरु बिरुद्ध षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्ताबेजसहितको राजनैतिक बम नेकपा सचिवालयमा वर्षाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि कयौँ साथीहरुलाई यो गठबन्धन रहन्छ कि अर्को वाम गठबन्धन बन्ने हो कि के हो भन्नेजस्तो प्रश्न बेलाबेलामा आएका छन् । ढुक्क हुन्स्, जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन तबसम्म गठबन्धन रहीरहन्छ । यही गठबन्धनको आधारमा नै हामी निर्वाचनमा जान्छौँ । यसैको आधारमा हामीले प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउँछौ । अर्को गठबन्धन बन्न सम्भव छैन । कम्युनिष्ट एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै विभिन्न छलछाम र षड्यन्त्र भएपछि हामी क्रान्तिकारीहरु त्यस प्रतिगमनका बिरुद्ध आन्दोलनमा उत्रिएका थियाँै । हामीले हेड क्वार्टरमा बम वर्षाको नै हो । १९ पृष्ठ लामो दस्ताबेज मैले ड्राफ्ट गरेर नेकपाको सचिवालयमा प्रश्तुत गरेँ, त्यो साँच्चै राजनैतिक बम जस्तै थियो ।’

अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाउनु भयो । उहाँले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताउनु भयो । उहाँले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताउनु भयो । उहाँले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनशायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताउनु भयो । अध्यक्ष दाहालले नागरिकता विहीन ७ लाख नेपालीहरुलाई नागरिकता प्रदान गर्न र वैवाहिक अंगीकृतको बारेमा राष्ट्रिय सहमति गरेर अघि बढ्ने सहमति अनुसार नै अहिले नागरिकता विधेयक ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईले थाहा पाउनुभएको छ, नागरिकता विधेयकको चर्चा व्यापक छ । आमा बुबा दुवै नेपाली नागरिक भएका छोराछोरीले नागरिकता नपाउने विडम्वनाको स्थिति नेपालमा पैदा भयो, त्यसको समाधान गर्न ऐनको आवश्यक्ता छ, त्यो ऐन बनाउनपर्छ र ६ देखि ७ लाख नेपालीहरु जो नागरिकता पाउनबाट वञ्चित छन्, वैवाहिक, अंगीकृतको कुरा त्यो विधेयकमा कतैपनि उठाएको छैन । राज्य व्यवस्था समितिको सभापति हाम्रै नेता शशी श्रेष्ठ भएको बेलामा हामीले वैवाहिक अंगीकृतको सन्दर्भमा ७ वर्षे प्रावधान राख्न लगाएका हौँ । वैवाहिक अंगीकृत सहितको यो प्रतिवेदन प्रश्तुत भएको छ, यसलाई संसदमा लैजाऔँ भन्दा केपी ओलीले फुल हाउसमा लैजान मानेनन् । ६ महिनासम्म सुनेनन् । उनले संसद विघटन गरेर अध्यादेश ल्याए, अध्यादेश अहिले गठबन्धन सरकारले ल्याएको कुरा नै ल्याएका थिए । अहिले फेरि उनीहरु वैवाहिक अंगीकृत ल्याउनुपर्छ भनेर लाजै पचाएर, घिनलाग्दो, अनैतिक तरिकाले नेपाली जनता लाटा छन् भनेर, वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइन्छ भनेर र अरु पार्टी राष्ट्रवादी हुँदैनन् र भोटजति हामीलाई हाल्छन् भनेर हिजो नाकाबन्दीको बेलाको जस्तो सोचेका होलान् ओलीले । त्यस्तो हुँदैन ।’

अध्यक्ष दाहालले सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृतको बारेमा पनि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौं उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताउनु भयो ।

उहाँले काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टको उपाय खोजिरहेको बताउनु भयो ।