२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाको ‘मुन रकेट’ उड्न तयार



अ+ अ-

केप क्यानभरल । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘मून रकेट’ प्रक्षेपणस्थलमा चट्याङ परे पनि सोमबार प्रस्थान गर्ने बाटोमा छ ।

यो तीन सय २२ फुटको स्पेस लन्च सिस्टम रकेट नासाले बनाएको सबैभन्दा शक्तिशाली रकेट हो। नासाको ‘अपोलो’ अभियानको करिब आधा शताब्दीपछि चन्द्रमाको कक्षमा खाली ‘क्रू क्याप्सुल’ पठाउने तयारी गरिएको छ । अपोलो अभियानका क्रममा १२ जना अन्तरिक्ष यात्री चन्द्रमामा अवतरण गरेका थिए ।

यदि यो छ हप्ताको परीक्षण उडान राम्रो भयो भने, अन्तरिक्ष यात्रीहरू केही वर्षमा चन्द्रमामा फर्कन सक्छन्। तर, नासाका अधिकारीहरूले जोखिम उच्च रहेको र उडान अवधि घटाउन सक्ने चेतावनी दिएका छन् ।

शनिबारको आँधीमा नासाको केनेडी स्पेस सेन्टरमा रहेको रकेट र क्याप्सुलमा कुनै क्षति नभएको नासाका अधिकारीहरूले आइतबार बताएका छन्। अन्य उपकरणमा पनि क्षति नभएको उनीहरुले बताए ।

उल्लेखनीय कुरा के छ भने नासाको आर्टेमिस–१ मिसन लगभग आधा शताब्दीपछि मानिसलाई चन्द्रमाको यात्रा गराएर फिर्ता ल्याउने एक महत्वपूर्ण कदमतर्फ अघि बढिरहेको छ। यो मिसन २९ अगस्ट २०२२ (भदौ १३ गते आज) मा प्रक्षेपण हुने तय गरिएको छ र नासाको अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियन क्रु क्याप्सुलको लागि महत्वपूर्ण यात्रा हुन गइरहेको छ।

यो अन्तरिक्ष यान चन्द्रमामा जानेछ, केही साना उपग्रहहरूलाई कक्षमा खसाल्नेछ र आफूलाई कक्षमा राख्नेछ। नासाको उद्देश्य अन्तरिक्षयान सञ्चालनमा तालिम प्राप्त गर्नु र चन्द्रमा वरपर अन्तरिक्ष यात्रीहरूले अनुभव गरेको अवस्थाको अनुसन्धान गर्नु हो।
एजेन्सी