९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



अ+ अ-

 काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस