११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आज राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयकबारे जानकारी गराइने

आज राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयकबारे जानकारी गराइने
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने बैठकको सम्भावित कार्यसूची छ ।

यसअघि गत साउन १५ गते संघीय संसद्का दुवै सदनबाट पारित भई नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका पुगेको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न सो विधेय पुनः प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

फिर्ता भएको सो विधेयकलाई प्रतिनिधिसभाको बैठकले यही भदौ २ गते हुबहु पारित गरेको छ । पारित भएको सो विधेयकबारे आज राष्ट्रियसभाको बैठकमा जानकारी गराउन लागिएको हो ।

राष्ट्रियसभाबाट पनि सो विधेयक हुबहु पारित भएको खण्डमा प्रमाणीकरणमा राष्ट्रपतिकहाँ पुगेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले दुवै सदनबाट पुनः पारित भएर आएको विधेयकलाई फेरि पुनर्विचार गर्नका लागि संसद्मै फिर्ता पठाउन सक्ने अधिकार छैन ।