२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका सांसद शाहीलाई एमालेको ह्वीप लाग्छ : पूर्व स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीले लुम्बिनी प्रदेशमा आफ्नो समूहबाट निर्वाचित सांसद अजय शाहीलाई एमालेको ह्वीप लाग्न सक्ने बताएका छन् । 

बुधबार बाँकेको नेपालगञ्जमा आयोजत एक कार्यक्रम लाई सम्बोधन गर्दै त्रिपाठीले सूर्य चिह्नबाट चुनाव लडेका कारण शाहीमाथि एमालेको ह्वीपलाग्न सक्ने बताएका हुन् । 

त्रिपाठीले आफुसंग सल्लाह नै नगरी सरकारमा सहभागी भएको भन्दै पछिल्ला दिनमा संघीय संसद र प्रदेशसभामा भइरहेका घटनालाई गाइजात्राको संज्ञा दिनुभयो ।

यस्तै त्रिपाठीले आगामी चुनावमा सूर्य चिह्नबाट चुनाव नलड्ने बताएका छन् । उनले आगामी चुनावमा आफूहरुको छुट्नै चिन्हसहित गठबन्धन बनाएर चुनावमा जाने बताए । 

२०७४ को निर्वाचनमा त्रिपाठी लगायतका केही नेता नेकपा एमालेको सुर्य चिन्ह्रबाट चुनाव लडेका थिए ।