११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘मेयरहरुले नक्शा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको रहँदैन’

‘मेयरहरुले नक्शा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको रहँदैन’
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताउनु भयो । उहाँले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गर्नुभयो । उहाँले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आग्रह दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्शापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ । मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस् ।’

नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गर्नुभयो । नेता बस्नेतले समानुपातिक तर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बहुदलीय पद्धतिभित्र हामीले स्थिरता र सुशासन कसरी दिने भन्ने बारेमा सिस्टमले नै धेरै कुरालाई गाइड गर्नुपर्छ । नयाँ पुस्तार युवालाई कसरी ल्याउने भन्ने कुरामा पनि सिस्टमबाट नै चल्छ । हामीले पार्टीको अध्यक्ष दुईपटक भन्दा बढी हुन नपाउन कुरा लेखेका छौँ, कमसेकमम मुलुकको प्रधानमन्त्री पनि दुई पटक भन्दा हुन नपाउने कुरा बनाएर जाऔँ । प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने त्यो पनि बनाएर जाऔँ । समानुपातिक तर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो हुँदैन ।’

नेता बस्नेतले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले भन्दै निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने दाबी गर्नुभयो ।