११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘सिट बाँडफाँडमा समस्या छैन्, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो’

‘सिट बाँडफाँडमा समस्या छैन्, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो’
अ अ+ अ-

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुनेगरि मिल्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाए । उनले भने,“अहिले छलफल भैरहेको छ, अब यसबारेमा निश्कर्ष निकाल्छौं ।”

उनले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताए । उनले भने,“गठबन्धन आजको आवश्यकत्ता हो कि होईन भन्ने कुरा पहिले बुझ्नुपरयो । अहिले सबै दल गठबन्धन गरेर जाने निश्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।”

उनले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकोले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गरे ।

उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए ।

नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्नै अवधि नभएपनि ५ वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरे ।

उनले मुलुकमा व्यवस्था बदलिएपनि जनताको अवस्था नबदलिएको टिप्पणी गरे । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको उनको भनाई छ । उनले भने,“यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाईएको छ । अर्कोतर्फ, पार्टी गलत भएकोले यो परिणाम आएको हो भनेर बहस भएको छ । पछिल्लो समय मुलकुमा उल्लेखनीय परिवर्तन भएका छन् । अझै परिवर्तनलाई व्यवहारिक रुप दिनको लागि, केही नमिलको कुरा मिलाउनुपर्छ । यो कोण पनि छ ।”

उनले अहिलेको व्यवस्था त्रुटिपूर्ण नभएको जिकिर गरे । उनले मुलुकमा लोकतन्त्र अझै मजबुद र फराकिलो भएको सुनाए । व्यवस्थाको दृष्टिकोणले हेर्दा यसलाई त्रुटिपूर्ण भन्न नमिल्ने उनको भनाई छ । यद्धपी उनले दलहरु कमजोरीरहित छन भनेर आफूले नभन्ने पनि सुनाए । मुलुकको भाग्य र भविष्यको निरुपण दलबाट नै भएको बताए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले उपमहासचिव बस्नेतलाई खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।