२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वरमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ । 

बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दलको मान्यता दिएको प्रमाणपत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको पार्टी कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा भनिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टी गठनको गृहकार्य नयाँ बानेश्वर स्थित अर्याल होटलमा भएको थियो । समाजवादी पार्टीका एक नेताले बानेश्वर आसपासमै केन्द्रीय कार्यालय रहने जानकारी दिए ।

माधव नेपालको पार्टी निर्वाचन आयोगमा सो पार्टीको दर्ता नम्बर १६६ रहेको छ । माधव नेपालको पार्टीले मान्यता पाएसँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ।