१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले बालेनलाई भने – ‘जे गर्दै हुनुन्छ गज्जब गर्दै हुनुहुन्छ’



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थन गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत मिश्रले बालेनले अवैध संरचना भत्काएकोमा समर्थन जनाएका हुन् । यद्यपि, कानुन बमोजिम क्रियाकलाप गर्नुपर्ने उनको सुझाव छ ।

उनले भनेका छन्,  बालेन जी,
जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ। नियम-कानूनको चाहिँ अलि ख्याल गर्नुहोला। अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ। तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न।
पार्किङ्ग स्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/फुटपाथ/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्शा विपरितका/तोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने छ।
नियम-कानूनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला। मैले नियम-कानूनमा किन जोड दिएको भने, हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन।
तपाईं राज्य हो। नियम-कानून तोड्नेहरू व्यक्ति हुन्। राज्यले नियम(कानूनको पालना नगर्दा नै आज देशको हविगत यस्तो भएको हो।