२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

मुख्यमन्त्री राईले राजिनामा दिँदै, नयाँ मुख्यमन्त्रीमा आचार्य

मुख्यमन्त्री राईले राजिनामा दिँदै, नयाँ मुख्यमन्त्रीमा आचार्य
अ अ+ अ-

विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बिहान ९ बजे बैठक बस्ने भएको हो ।

बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई बिहीबार नै संसदीय दलको नेता चयन गरी शपथग्रहण गराउने भएको हो । 

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय  दिएपनि हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको बताए ।

आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको बताउँदै उनले भने, ‘मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु ।’

 एमाले स्रोतका अनुसार बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको छ  । 

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।

‘संसदीय दलको बैठकमा भीम आचार्य पनि आउनुहुन्छ,’ उनले भने,’ सबै विषयमा छलफल हुन्छन्, दलको नेता परिवर्तन पनि हुनसक्छ ।’

एमाले संसदीय दलका एक सदस्यका अनुसार बिहीबार नै मुख्यमन्त्रीमा आचार्यलाई शपथ ग्रहण गाराउने सम्भावना छ ।

 ‘मुख्यमन्त्रीले दलको नेताबाट राजीनामा दिने र भीम आचार्य संसदीय दलको नेता चयन गर्ने तयारी छ,’ ती नेताले भने,’ बिहीबार नै शपथग्रहण हुनसक्छ ।’

मन्त्री कार्कीले नयाँ सरकार गठनका लागि समय रहेकाले कुनै हतार नभएको बताए ।

बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।

मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनले बताए । ‘एक महिनाका लागि किन मरिहत्ते गरेको होला,’ उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।’

एमाले सचिव आचार्य काठमाडौँमा छन् । उनी बिहीबार बिहान विराटनगर आउने स्वकीय सचिव अनिल राजधामीले बताए ।