२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि



अ+ अ-

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागार्इंले बताउनुभयो । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।
 
फरार व्यक्ति १७ वर्षपछि पक्राउ 

सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा  धादिङ जिल्ला अदालतको  मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने  ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार  प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।
 
श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले  श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।