११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छः प्रवक्ता डा महत

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छः प्रवक्ता डा महत
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताउनुभयो ।

“यसअघि हामी (डा रामशरण महतसमेत) योजना आयोग र मन्त्री हुँदा बनाएका झोलुङ्गे र मोटरेबल पुल, विद्यालय, स्वास्थ्य संस्थालाई समय अनुकूल सुधार र स्तरउन्नतीको काम पूरा गनै कांग्रेस नेतृत्व आवश्यक छ”, पूर्वमन्त्रीसमेत रहनुभएका डा महतले भन्नुभयो, “शिक्षामा गुणस्तर, रोजगारको सुनिश्चित, आर्थिकरूपमा उपार्जनसहित बाह्रै महिना चल्ने कालोपत्रे सडकसहित छहरे–टोखा सुरुङ मार्गको अधुरा योजना पूरागर्न योग्यता, क्षमता, पहुँच, इमान र समपर्ण भएको व्यक्ति प्रतिनिधि हुनुपर्ने भएकाले त्यो कांग्रेसमा छ ।”

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्र खस्कदै गएकाले सुधार गरेर समृद्ध नेपाल निमार्ण गर्न आगामी चुनावमा कांग्रेसलाई बहुमतले बिजयी गराउन आग्रह गर्नुभयो । दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्दै गरिबी निवारणका लागि अहिले कमजोर बनेको अर्थतन्त्रमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

“सडक विस्तार र ऊर्जाको उत्पादन बढाउन सक्यो भने मुलुकलाई अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ”, कांग्रेसका केन्द्रीय सदस्य डा महतले भन्नुभयो, “बहुदलीय व्यवस्था, जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएर आफूले थालनी गरेको सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत कार्यक्रम यो बीचमा रोकिएको छ, त्यो पूरा गर्न नुवाकोटको क्षेत्र नं १ मा कांग्रेसको नेतृत्व अत्यावश्यक छ ।”

‘लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति’ आयोजक र लिखु गाँउपालिका सह–आयोजकको रुपमा लिखु–४ चौघडामा गरिएको कार्यक्रममा कांग्रेसका नेताद्वयले हरितालिका तीज पर्वलाई सबै जाती, समुदायको साझा पर्व र संस्कृतिको जर्गेना गर्ने गरेर भड्किलोरहित बनाउन सुझाव दिनुभयो । सो अवसरमा महिला तथा विद्यालयतहका छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।