२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला
अ अ+ अ-

काठमाडौं । नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उहाँ जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । 

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउनुहुन्छ । मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उहाँको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो”, उहाँ भन्नुहुन्छ । 

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष हुनुभएको थियो । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुग्नुभएको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउनुहुन्छ । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उहाँ भन्नुहुन्छ । 
    
उहाँलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उहाँ विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहनुभएको थियो । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहनुभएको थियो । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । सिंहको निधन विसं २०५३  भदौ १० गते भएको थियो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उहाँको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । 

मङ्गलादेवीको शालिकमा माल्यार्पण 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उहाँको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गर्नुभयो । 

माल्यार्पणपछि कांग्रेस नेता प्रकाशमानले नेपालको महिलामुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिलानेत्री उहाँ भएको बताउनुभयो । महिलालाई सङ्गठित बनाउन मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो । 

अर्को फरक प्रसङ्गमा उहाँले प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताउनुभयो । विधि, प्रक्रिया पूरा नगरेकाले अहिले कांग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उहाँको भनाइ थियो । उहाँले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानिँया, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला सङ्घ काठमाडौँका सभापति विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो ।