२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला
अ अ+ अ-

काठमाडौं । नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उहाँ जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । 

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउनुहुन्छ । मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उहाँको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो”, उहाँ भन्नुहुन्छ । 

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष हुनुभएको थियो । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुग्नुभएको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउनुहुन्छ । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उहाँ भन्नुहुन्छ । 
    
उहाँलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उहाँ विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहनुभएको थियो । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहनुभएको थियो । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । सिंहको निधन विसं २०५३  भदौ १० गते भएको थियो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उहाँको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । 

मङ्गलादेवीको शालिकमा माल्यार्पण 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उहाँको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गर्नुभयो । 

माल्यार्पणपछि कांग्रेस नेता प्रकाशमानले नेपालको महिलामुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिलानेत्री उहाँ भएको बताउनुभयो । महिलालाई सङ्गठित बनाउन मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो । 

अर्को फरक प्रसङ्गमा उहाँले प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताउनुभयो । विधि, प्रक्रिया पूरा नगरेकाले अहिले कांग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उहाँको भनाइ थियो । उहाँले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानिँया, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला सङ्घ काठमाडौँका सभापति विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो ।