१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड र एटलेटिको बराबरी



अ+ अ-

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिगमा संघर्षरत म्यानचेस्टर युनाइटेडले बुधबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । एटलेटिकोले आफ्नो गृह मैदानमा भएको खेलमा जाओ फेलिक्सको गोलले अग्रता लिएको थियो ।

हारको अवस्थामा पुगेको युनाइटेडका लागि दोस्रो हाफको अन्तिम समयमा एन्थोनी एलान्गाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यी दुई क्लबबीच लेगको दोस्रो खेल म्यान्चेस्टरको गृह मैदानमा हुनेछ ।  

बुधबारकै अर्को खेलमा बेनफिका र आयाक्सले २–२ को बराबरी खेलेका छन् । यस नतिजापछि आयाक्सले पनि दोस्रो लेगको खेलमा गोलको फाइदा पाउन सक्नेछ ।