२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी तत्काल नियन्त्रण नगरे आन्दोलनमा उत्रने उपभोक्ता संरक्षण महासंघको चेतावनी



अ+ अ-

काठमाडौँ । चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासङ्घले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले उपभोक्ता विरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका प्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए । महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । महासङ्घको सात वटा प्रदेश समितिहरु तथा विभिन्न जिल्ला समिति क्रियाशील छन् ।