२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो



अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनेकामा अहिले भरिएर  बग्न थालेको छ  । रायखोर र मूलपानीको बिचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं। ६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो । 

अहिले यहाँ ५०० मिटरभन्दा लामो ताल बनेको छ । ताल फुटेमा तटीय क्षेत्रमा रहेका बस्तीमा असर पर्ने र पहिरो निरन्तर खसिरहेकाले थप जोखिम हुनसक्ने चिन्ता उहाँको थियो । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगङ्गा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको स्थानको वरपर अहिले जलमग्न भएको छ । 

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ भन्नुभयो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ । (रासस)