११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढ्छः योगेश भट्टराई

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढ्छः योगेश भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ ।

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गर्नु भयो । न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पार्नु भयो ।

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो बैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाँही नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन ।

नेपालले त्यसमा सन्तुलन गुमाईरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समूदायसँग एउटा मैंत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो । अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देश भित्रको आवश्यक्ताले नेकपा (एमाले)को नेतृत्व खोजी राखेको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ । यीनै कुराहरुका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गर्नु भयो । उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पार्नु भयो ।

संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उहाँको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेकपा (एमाले)को मुख्य प्राथमिकता गठबन्धन होइन । चुनावी तालमेल होइन । नेकपा (एमाले) आफ्नो तागतमा आफ्नो सामथ्र्यमा, आफ्नो घोषणा पत्रको आधारमा, आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ ।

गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरु पनि छन । पार्टी भित्र कहीँकहीँ उम्मेदवार छनौट नमिलेको, पारदर्शिता नभएको, पार्टी भित्र अन्तरघात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमूलक ढंगले विभिन्न ठाउँमा छन । त्यसो भएको हुनाले आउने चुनावमा त्यस्तो नहोस् भन्नका लागि उम्मेदवार छनौंटमै व्यापक पारदर्शिता गर्ने । जसले जित्न सक्छ, जो इमान्दार छ । त्यो साथीले टिकट पाओस् भन्ने ध्यान दिने । टिकट पाईसकेपछि उसलाई जिताउनका लागि सिंगो पार्टी पंक्ति खर्लप्पै लाग्ने । यो स्पिरिटका साथ यो केन्द्रिय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्देश गर्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताउनु भयो ।