२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभागको पार्किङ खाली गराउँदै काठमाडौँ महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा कारबाही चलाउने भएको छ ।

विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि महानगरले यस्तो कदम चाल्न लागेको हो ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । जसकारण महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउन लागेको हो ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) आफैं भने फिल्डमा उत्रिएका छैनन् । महानगरका नगरप्रहरीहरु पार्किङ खाली गराउनका लागि खटिइसकेको छ । एसपी राजू पाण्डेको नेतृत्वमा नगरप्रहरीको टोली विभागमा पुगेको छ । आवश्यक परेको खण्डमा डोजर पनि चलाइने बताइएको छ ।