२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

कोरोनाभाइरस उत्पत्तिः अमेरिकाकी गुप्तचर निकायको प्रतिवेदन ‘निष्कर्षविहीन’

कोरोनाभाइरस उत्पत्तिः अमेरिकाकी गुप्तचर निकायको प्रतिवेदन ‘निष्कर्षविहीन’
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट बाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अमेरिकी निकायहरू एकमत हुन नसकेको बताइएको छ।

सो प्रतिवेदनको सारांश छिटै सार्वजनिक हुने बताइएको छ।

चीनका विदेशमन्त्रीले सो प्रतिवेदनलाई 'विज्ञानविरोधी' भनेका छन्।

वाङ यीले राजनीतिक उद्देश्य मात्रै परिपूर्ति गर्ने प्रतिवेदनका लागि वाशिङ्टनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनलाई बेवास्ता गरेको बताएका हुन्।

संसारभरि ४० लाख मानिसको ज्यान लिएको महामारी चीनको वुहानमा सन् २०२० मा सुरुतिर पहिलो पटक देखिएको थियो।

संसारभरि कोभिड फैलिने क्रम रोक्ने प्रयास भइरहँदा वैज्ञानिकहरू कहाँबाट भाइरस उत्पन्न भयो भनेर पनि पत्ता लगाउने प्रयास गरिरहेका छन्।

वुहान भ्रमण गरेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले यो रोग बजारमा बेचिएको जनावरबाट मानिसमा सरेको हुनसक्ने निष्कर्ष निकालेको थियो।

सो प्रतिवेदनले एक दशकदेखि चमेरोको कोरोनाभाइरस अध्ययन गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजीबाट दुर्घटनामा बाहिर फैलिएको हुनसक्ने सम्भावनालाई नकारेको देखिएको छ।

केही वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई अस्वीकार गरेका छन्।

गएको मे महिनामा बाइडनले अमेरिकी गुप्तचर निकायहरूलाई तथ्याङ्कहरू अध्ययन गरेर ९० दिनभित्र भाइरसको उत्पत्तिका विषयमा निष्कर्षमा पुग्न सकिने प्रतिवेदन पेस गर्न भनेका थिए।

सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका केही कर्मचारी अस्पताल भर्ना गरिएको र चीनले अनुसन्धानमा नसघाएको विवरणका बीच बाइडनले अनुसन्धान गर्न भनेको बताइएको थियो।

तर गत जुन महिनामा न्याशनल इन्टेलिजन्सकी प्रमुख एभ्रिल हेनासले 'निष्कर्ष ननिस्किन सक्ने' बताएकी थिइन्।

कोरोनाभाइरसको उत्पत्तिका विषयमा निश्चित निष्कर्षमा पुग्न वर्षौँ लाग्न सक्ने वैज्ञानिकहरू बताउँछन्।

चीनले भने हालै कोरोनाभाइरस फोर्ट डेट्रिकस्थित अमेरिकी सैन्य केन्द्रबाट उत्पत्ति भएको हुनसक्ने बताउन थालेको छ। पहिले अमेरिकी जैविक हतियारको केन्द्र रहेको फोर्ट डेट्रिकमा अहिले इबोला र बिफरजस्ता भाइरसको अध्ययन गरिरहेका प्रयोगशालाहरू छन्।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्विनले बुधवार पुनः सो विषय उठाउँदै अमेरिकाले पहिले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई फोर्ट डेट्रिकका अध्ययनका लागि बोलाउनुपर्ने बताए।

अमेरिकी प्रतिवेदन सोमवार राष्ट्रपति बाइडनलाई बुझाइएको थियो। ह्वाइट हाउस प्रवक्ताले सो प्रतिवेदनको सारांश सार्वजनिक गर्न केही दिन लाग्ने बताए। बीबीसी