१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससलाई मास्क सहयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ । राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र महासचिव दीपक रिजालले छ हजार थान मास्क आज हस्तान्तरण  गर्नुभयो । 
 
 सो अवसरमा अध्यक्ष अधिकारीले कोरोना सङ्क्रमण जारी रहेका  बेला सोसाइटीले उपलब्ध गराएको मास्क साङ्केतिक मात्र नभई व्यावहारिक पक्षबाट पनि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “नेपालका आध्यात्मिक ज्ञान, प्राकृतिक सौन्दर्य र अन्य स्रोतसाधनबारे छिमेकी मुलुकमै पनि स्पष्टता नरहेकाले सोसाइटीजस्ता संस्थाले त्यसको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वका लागि चासो छ । ”

मास्क मूल्यमा सस्तो भए पनि अग्रपङ्क्तिमा रहेर काम गर्न  पत्रकारलाई बचाउने मामिलामा त्यतिनै महँगो रहेको  जनाउँदै अध्यक्ष अधिकारीले चाइना च्यारिरिटी फेडरेशन र चाइना गुडविल फाउण्डेशनलगायत संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
 
 च्यारिरिटी फेडरेशन र गुडवील फाउण्डेशनको सहयोगमा मास्क सोसाइटीलाई प्राप्त भएको हो । साइनो नेपाल मिडिया सोसाइटीले संस्थालाई प्राप्त मास्क नेपाल पत्रकार महासङ्घ, केही अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने छ ।