२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

भारत सरकारद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको छ। 

सो मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । यस हिसाबले यस अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्ने जनाएको हो। 

सो समारोहमा भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताउनुभयो । मन्त्री उमेश श्रेष्ठले उपहार स्वरुप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारी विरुद्धको लडाइमा थप बल पुग्ने उल्लेख गर्नुभयो । धरानमा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोषेढुङ्गा भएको चर्चा गर्दै उहाँले आज हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषेढुङ्गा भएको उल्लेख गर्दै सो सहयोगबाट विशेष गरी प्रदेश नं १ र २ का जनता लाभान्वित हुने बताउनुभयो । 

अक्सिजन कोभिड–१९ का बिरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरुमा नभई नहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो जुन भारत र नेपालमा महामारीको दोस्रो लहर देखापर्दा अनुभव गरिएको उहाँले बताउनुभयो । रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ) ले निर्माण गरेको यो DEBEL मेडिकल अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्ने उहाँले जानकारी दिनुभयो। राजदूत क्वात्राले भन्नुभयो, 'प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो ।' 

वायुमण्डलीय हावाबाट सीधै अक्सिजन उत्पादन गर्नका लागि यो प्रविधिलेPressure Swing Adsorption Technique र Molecular Sieve Technology को उपयोग गर्ने बताइएको छ । मेडिकल अक्सिजन प्लान्टको स्थापनाले अपर्याप्त अक्सिजन सिलिन्डर माथिको अस्पतालको निर्भरता र सिलिन्डरको ढुवानीमा लाग्ने खर्च घटाउनुका साथै भरपर्दो तरिकाले चौबिसै घण्टा अक्सिजनको उपलब्धतालाई सहज बनाउने उहाँले विश्वास लिनुभएको छ । दुई देशबीचको गहिरो द्विपक्षीय सम्बन्ध अनुरुप सक्दो सहयोग गर्दै महामारी विरुद्धको लडाइमा भारत सरकार नेपाल र नेपाली जनतासँग सदैव साथमा हुने पनि मन्त्री क्वात्राले बताउनुभयो ।