२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीहरुलाई निष्कासित गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन: माधब नेपाल



अ+ अ-

काठमाडौ  ।  नब गठित नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पार्टीका क्रान्तिकारीहरुलाई निष्कासित गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ । दल दर्ता भएको भोली पल्ट पत्रकार सम्मेलन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो 'एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु पर्ने बाध्यता भयो । ' नेता नेपालले एमाले पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भएको टिप्पणी गर्दे यस्तो अबस्था देखेपछि  नयाँ ढंगले जाने संकल्प गरेको बताउनु भयो । उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको र एमाले मा ओली बाट पीडित बनेकाहरु पनि आउन आशा गर्नुभयो ।