११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता
अ अ+ अ-

काठमाडौँ । राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताउनुभएको हो । बैठकमा सांसदहरु कमला पन्त, जगप्रसाद शर्मा, नन्दा चपाइँ, कृष्णप्रसाद पौडेललगायतले सहरमा वुद्धिजीवी र प्रतिष्ठित मानिसको बसाइ हुने भए पनि फोहर र अव्यवस्थाले गिज्याएकामा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो ।

फोहर व्यवस्थापनमा बञ्चरेडाँडाको विकल्पसमेत खोजिनुपर्नेमा सांसदहरुले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले उठाउनुभएको सरोकारको जवाफ दिनुहुँदै सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले फोहर व्यवस्थापनका लागि मन्त्रालयले समन्वयको काम गरिरहेको बताउनुभयो । राजधानीको जाम व्यवस्थित गर्न बागमती, रुद्रमति, विष्णुमतीलगायत नदी किनारमा बनेको कोरिडोरले सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले यस विषयमा काम गर्ने सबै निकायको समन्वयका लागि विधेयक मस्यौदा गरी कानुन मन्त्रालय पठाइएको जानकारी दिनुभयो ।

प्राधिकरणको उपलब्धिका विषयमा प्रस्तुति गर्नुहुँदै नायव विकास आयुक्त नवराज प्याकुरेलले सरकारले आर्थिक वर्ष २०६१/६२ को बजेट भाषणमार्फत काठमाडौँ उपत्यकामा प्रस्ताव गरिएको ७२ किमी बाहिरी चक्रपथमध्ये ५४-४८ किमीको विस्तृत परियोजना प्रस्ताव तयार भएको जानकारी दिनुभयो । सतुङ्गल खण्डको ६/६ किमीको जग्गा अधिग्रहणका लागि सरकारसमक्ष पेश गरिएको जानकारी पनि उहाँले गराउनुभयो ।

बैठकमा ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका करिब एक हजार ५०० सवारी साधनका विषयमा पनि छलफल भएको थियो । यी सवारीसाधनका विषयमा विस्तृत छलफलका लागि आगामी बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बोलाउने निर्णय गरिएको उपस्थितमध्येका ज्येष्ठ सदस्य शारदादेवी भट्टले जानकारी दिनुभयो । गत फागुन २१ गते समिति सभापति तारादेवी भट्टको पदावधि सकिएपछि नेतृत्व चयन हुन सकेको छैन । सभापति चयन नभएपछि बैठकमा उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ । सभापति चयन नहुँदा समितिको काम कारबाहीमा असर गरेको समितिका कर्मचारीको गुनासो छ ।