• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

प्रकाशको प्रिमियर शोमा आर्यनदेखि दीपाश्रीसम्म, कस्तो होला त फिल्म ?



काठमाडौं । नेपाली चलचित्र प्रकाशको प्रिमियर शो गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो गरिएको हो । शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनीमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य अभिनय रहेको छ ।

प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत फिल्म क्षेत्रसँग जोडिएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । फिल्म हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री नम्रता श्रेष्ठ, कलाकार अनुभव रेग्मी लगायतका कलाकारको उपस्थिति थियो ।

प्रिमियर शोपछि अभिनेता प्रदीप खड्काले फिल्म सबैले मन पराएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली फिल्म राम्रो बनाउन नेपाली दर्शकले साथ, सहयोग र प्रतिक्रिया दिनुपर्ने आवश्यक रहेको बताउनु भयो ।

अभिनेत्री दीपाश्री निरौलाले चलचित्रको विषयवस्तु उत्कृष्ट रहेको बताउनु भयो । उहाँले नेपालको बेथिति र विसंगतिको विषयमा चलचित्रमा कथावस्तु उठाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीया मास्केले फिल्म बनिसकेपछि हेर्दा आफ्ना कमजोरीको पहिचान हुने र आगामी दिनमा झनै राम्रो गर्ने अवसर मिल्ने बताउनु भयो ।

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई चलचित्रले जोड दिएको छ । राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली प्रदेश र त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, विम्वात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ ।

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भुमिकामा छन् ।

राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व सङ्गीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।