२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

विप्रेषण आप्रवाहमा वृद्धि, विदेशी मुद्रा सञ्चिति १२ अर्ब करोड डलरः राष्ट्र बैंक

विप्रेषण आप्रवाहमा वृद्धि, विदेशी मुद्रा सञ्चिति १२ अर्ब करोड डलरः राष्ट्र बैंक
अ अ+ अ-

काठमाडौंः नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाहमा ९.८ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्ष २०७७-७८ मा कूल ९ खर्ब ६१ अर्ब विप्रेषण आप्रवाह भएको छ ।

बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को वार्षिक विवरणमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७-७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।

बैंकले भनेको छ, “वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।”

आर्थिक वर्ष २०७७-७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई रु.१०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।
साथै, वार्षिक औसत मुद्रास्फीति ३.६० प्रतिशत रहेको बैंकले जनाएको छ ।

आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५.६ प्रतिशतले घटेको थियो भने निर्यात ०.६ प्रतिशतले बढेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु. १ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१.४ प्रतिशतले र निजी क्षेत्रमाथिको दावी २६.४ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.४६ खर्ब ६३ अर्ब र निजी क्षेत्रमाथिको दावी रु.४१ खर्ब ३६ अर्ब पुगेको छ ।

केन्द्रीय तथ्याङ्ग विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने बैंकले अनुमान गरेको छ । कृषि क्षेत्रको वृद्धि २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको अनुमान छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७-७८ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.६२ प्रतिशत पुगेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २७.२६ प्रतिशत र ३२.३० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल जलविद्युतको जडित क्षमता वृद्घि भई १४५८ मेगावाट पुगेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्म निजी आवास तथा सरकारी भवनको पुनर्निमाणको प्रगति क्रमशः ७४.२ प्रतिशत र ९३.५ प्रतिशत
रहेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल पर्यटक आगमन संख्यामा ९०.९ प्रतिशतले गिरावट आई पर्यटक संख्या ७०,१२३ कायम भएको छ ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु.१४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई रु.१५३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु.१३९८ अर्ब ७१ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

आर्थिक वर्ष २०७७-७८ मा चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ४८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७-७८ मा शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई रु.१२४४ अर्ब ६३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२.१ प्रतिशतले कमी आई रु.१५४ अर्ब ३९ करोड कायम भएको छ । २०७८ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।

हेर्नुहोस् विस्तृत विवरण