१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन बैठकमा राष्ट्रपतिका गतिविधिमाथि छलफल



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन यता गरिरहेका भेटघाट र गतिविधिबारे छलफल भएको छ ।

बैठक आगामी निर्वाचनमा गठबन्धन दल सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बसेको भए पनि राष्ट्रपति भण्डारीले गरिरहेका भेटघाट र सम्भावित कदमहरुबारे छलफल भएको बताइएको छ ।

बैठकमा सत्ता साझेदार दलका नेताहरुले राष्ट्रपतिको पछिल्ला केही दिनदेखिका कदम ‘अस्वाभाविक’ भएको टिप्पणी गरेका छन् । उनीहरुले नागरिकता विधेयकमा नेकपा (एमाले) ले राखेको मतलाई सहयोग पुग्ने गरी राष्ट्रपतिले गतिविधि गरिरहेको बताएका छन् । नेताहरुले यस्तो गतिविधिलाई अस्वाभाविक र स्वार्थपूर्ण भनेका छन् ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति भण्डारीको सक्रियता, राजीनामा दिने भन्ने जस्ता आएका समाचारप्रति प्रश्न गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रपतिको पछिल्ला कदमहरुबारे चासो राख्नुभएको थियो ।

बैठकमै राष्ट्रपतिका बारेमा कुरा उठेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपतिले को कोसँग छलफल गर्नुभयो, के के गर्नुभयो भनेर जानकारी लिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीको पछिल्लो कदम अस्वाभाविक रहेको बताउनुभयो ।

संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले पुनर्विचार गर्न संसद्मै फर्काउनुभएको थियो । तर गठबन्धन दलले त्यही विधेयकलाई हुबहु पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकले भदौ २ गते दोस्रोपटक बहुमतले पारित गरेको थियो ।

प्रमुख प्रतिपक्ष एमालेले नागरिकता विधेयकमा केही विषयमा असहमति जनाउँदै विरोध गरेको छ । सत्ता गठबन्धनका नेताहरुले एमालेकै उक्साहटमा राष्ट्रपति भण्डारीले अस्वाभाविक गतिविधि गर्न थालेको बताएका छन् ।