२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन बैठकमा राष्ट्रपतिका गतिविधिमाथि छलफल



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन यता गरिरहेका भेटघाट र गतिविधिबारे छलफल भएको छ ।

बैठक आगामी निर्वाचनमा गठबन्धन दल सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बसेको भए पनि राष्ट्रपति भण्डारीले गरिरहेका भेटघाट र सम्भावित कदमहरुबारे छलफल भएको बताइएको छ ।

बैठकमा सत्ता साझेदार दलका नेताहरुले राष्ट्रपतिको पछिल्ला केही दिनदेखिका कदम ‘अस्वाभाविक’ भएको टिप्पणी गरेका छन् । उनीहरुले नागरिकता विधेयकमा नेकपा (एमाले) ले राखेको मतलाई सहयोग पुग्ने गरी राष्ट्रपतिले गतिविधि गरिरहेको बताएका छन् । नेताहरुले यस्तो गतिविधिलाई अस्वाभाविक र स्वार्थपूर्ण भनेका छन् ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति भण्डारीको सक्रियता, राजीनामा दिने भन्ने जस्ता आएका समाचारप्रति प्रश्न गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रपतिको पछिल्ला कदमहरुबारे चासो राख्नुभएको थियो ।

बैठकमै राष्ट्रपतिका बारेमा कुरा उठेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपतिले को कोसँग छलफल गर्नुभयो, के के गर्नुभयो भनेर जानकारी लिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीको पछिल्लो कदम अस्वाभाविक रहेको बताउनुभयो ।

संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले पुनर्विचार गर्न संसद्मै फर्काउनुभएको थियो । तर गठबन्धन दलले त्यही विधेयकलाई हुबहु पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकले भदौ २ गते दोस्रोपटक बहुमतले पारित गरेको थियो ।

प्रमुख प्रतिपक्ष एमालेले नागरिकता विधेयकमा केही विषयमा असहमति जनाउँदै विरोध गरेको छ । सत्ता गठबन्धनका नेताहरुले एमालेकै उक्साहटमा राष्ट्रपति भण्डारीले अस्वाभाविक गतिविधि गर्न थालेको बताएका छन् ।