१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अग्निपथ’: कोरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । भारतले सैन्यभर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’ बारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

कोरम नपुग्दा बैठक स्थगित भएको हो । समितिमा २५ सदस्य रहेका छन् । कोरम पुग्न १३ जना सदस्य उपस्थित हुनुपर्नेमा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो । समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा नारायण खड्कालाई समेत बोलाएको थियो । कोरम नै नपुगेपछि मन्त्री पनि बैठकमा आउनुभएन ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को स्थापना दिवस मनाउन तथा नेकपा ९एमाले० को पोलिटब्यूरो बैठक जारी रहेकाले सदस्यहरु उपस्थित नहुँदा कोरम नपुगेको जनाइएको छ ।

भारत सरकारले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा गोर्खा सैनिक भर्ती तत्काल नहुने नेपाल सरकारले बताइसकेको छ । भारतको अग्निपथ योजनाबारे स्पष्ट नभएकाले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको परराष्ट्रमन्त्री डा खड्काले बुधबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर बताइसक्नुभएको छ ।

समितिले पनि भारतले ल्याएको अग्निपथ योजनाअनुसार नेपालबाट पनि सैन्य भर्ती हुने हो होइन भन्नेबारे छलफल गर्न बैठक बोलाएको थियो ।