११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको रेल्वे कम्पनीका महाप्रवन्धक झाको गुनासो

रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको रेल्वे कम्पनीका महाप्रवन्धक झाको गुनासो
अ अ+ अ-

काठमाडौँ । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ ।

महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार झाले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताउनु भयो ।

महाप्रवन्धक झाले कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताउनु भयो । उहाँले मन्त्रालयले पूर्व महाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चाद् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाउनु भयो । उहाँले अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताउनु भयो । उहाँले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गर्नुभयो ।

झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताउनु भयो । उहाँले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताउनु भयो । उहाँले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसिएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रवन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरु के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाईरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । म भन्दा पहिलाका प्रवन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्यो भन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौं । सम्झौता र मन्त्रीपरिषद्ले गरेको पैसा माग गरेका हौं । कुनैपनि कम्पनी वा व्यापार व्यवसाय गर्न बीउ,पुँजी चाहिन्छ र त्यो सरकारले दिनुपर्छ । सरकारले बीउ,पुँजी दिएपछि कम्पनी आफ्नो खुट्टामा आफैँ उभिने हो । कम्पनीसँग रेल खरिद गर्ने पैसा छैन। तर रेल सानो भयो । रेलमा यात्रुहरुको चाप बढी नै छ । एक थान रेल मात्रै चलाउन पाएका छौं । एक थान अर्को यात्रुवाहक,अन्य सामग्री बोक्ने रेल भयो भने सहज हुन्छ । विश्वमा के भएको छ लेखाजोखा राख्दिन तर नेपाल रेल्वे कम्पनीले सञ्चालन गरेको रेल नाफामा लगेर देखाइदिन्छु । तर पैसा नभएपछि योजना बनाएर मात्रै चल्नेवाला छैन । योजना जति बनाएपनि पैसा आवश्यक छ । कम्पनीमा एक रुपैयाँ पनि छैन । मन्त्रालयले दिएको नै छैन । मन्त्रालयले पैसा नदिँदा समस्या आएको छ । फेरि पनि अर्थ मन्त्रालयमा फाइल पठाएका छौं । मन्त्रीपरिषद्ले निर्णय गर्ने अर्थ मन्त्रालयले पैसा नदिनु भनेको असहयोग भयो।’

महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताउनु भयो । उहाँले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताउनु भयो । झाले रेल्वे सञ्चालनले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको छ । अहिले सिधै भारतबाट रेलमा जनकपुर आउने जनकपुरबाट सातामा तीन दिन पोखरा हवाई उडान भएको छ । त्यहाँबाट पोखरा जाने काठमाडौं आउने वातावरण बनेको छ । यात्राहरुले सहजता पाएको छ । सडकमा ट्राफिक जामको समस्या समाधान भएको छ । साढे ६ सय यात्रु भनेको कम्तिमा १० वटा सवारी आवश्यक पर्छ । रेलले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको छ । यो कुरा बुझ्न र बुझाउन सक्नुपर्छ । अब आगामी शनिवार ११ गते भारत गोरख रेलमा भारतीय पर्यटक बोकेर जनकपुर आउँदैछ । यसले नेपालको पर्यटनमा देखिने गरी काम गरेको छ । अब यस्ता पर्यटक बोकेर आउने रेल महिनामा १० वटा आउनुपर्छ भनेर कम्पनीले पहल गरिरहेको छ । यसले पर्यटन क्षेत्रलाई ठूलो टेवा पु¥याएको छ ।’

झाले आगामी शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताउनु भयो । उहाँले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताउनु भयो ।