११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ । यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति शशी श्रेष्ठले आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको जानकारी दिनुभयो । 

बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ । 

त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । समितिले दार्चुलादेखि तिङकरसम्मको सडक तत्काल निर्माण गर्न, तुइन विस्थापित गरी झोलुङ्गे तथा पक्की पुलको व्यवस्था गरी त्यहाँका बासिन्दालाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवन सामान्य बनाउन पनि सरकारलाई अनुरोध गरेको छ । 

यस्तै कञ्चनपुरकी निर्मला पन्तको विसं २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउनु दुखद भएको उल्लेख गर्दै समितिले सत्यतथ्यका आधारमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

बालिका तथा महिलामाथि हत्या, हिंसा र बलात्कारजस्ता घटना नियन्त्रण र अपराधीलाई समयमा कारवाही गर्न नसक्दा मानवताविरुद्धका घटना बढ्दै गएको सन्दर्भ जोड्दै समितिले त्यस्ता घटनाको नियन्त्रण र संलग्नलाई हदैसम्मको कारवाही गर्न आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । (रासस)