काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् ।
नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आजैका मितिमा पद तथा गोपनियता शपथ ग्रहण गरेको पनि बैंकले जानकारी गराएको छ ।












