११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुदैनः कुलमान घिसिङ

नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुदैनः कुलमान घिसिङ
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताउनु भयो ।

निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने,वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताउनु भयो । उहाँले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताउनु भयो । घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गर्नुभयो । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताउनु भयो ।

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनु भयो । उहाँले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो । जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्नेकुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ । जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन । त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ । तनहँु जलविद्युत ५० अर्बको परियोजना हो । जसमा करिव ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुप¥यो । त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन । यो आयोजना महँगो छ । रिर्टन भनेको ५ प्रतिशत पनि छैन । यो एकदमै महँगो आयोजना शुरु भएको हो । यो आयोजनामा एडीबी लगायतको ऋण भएकाले अगाडि बढेको हो । नत्र यो आयोजना भन्दा धेरै राम्रा आयोजनाहरु अगाडि बढेका छैनन् । यसरी नै हामीले आयोजनाहरु मँहगो बनाउँदै जाने हो भने हाम्रो जलविद्युत जनतालाई पनि महँगो पर्छ । नेपालको विद्युत निर्यात हुन पनि गाह्रो पर्छ । बंगलादेशमा भारतबाट विद्युत सस्तो पाउँछ भने नेपालको जलविद्युत बंगलादेशले किन किन्छ रु त्यसैले यो गम्भिर रुपले हेनुपर्नै विषय हो । हाम्रो प्राकृतिक स्रोत हामीले प्रयोग गरे मात्रै हामीलाई सस्तो पर्ने हो । हाम्रोमा जनलाईज गर्ने प्रचलनले पनि गाह्रो भयो । कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए त्यो करिडोरमा कुनै पनि परियोजना सस्तो हुँदैन । हामीसँग भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गर्नु पर्छ । त्यसबाट पैसा आउँछ ।’

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताउनु भयो । घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताउनु भयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो ।