२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुदैनः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताउनु भयो ।

निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने,वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताउनु भयो । उहाँले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताउनु भयो । घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गर्नुभयो । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताउनु भयो ।

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनु भयो । उहाँले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो । जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्नेकुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ । जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन । त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ । तनहँु जलविद्युत ५० अर्बको परियोजना हो । जसमा करिव ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुप¥यो । त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन । यो आयोजना महँगो छ । रिर्टन भनेको ५ प्रतिशत पनि छैन । यो एकदमै महँगो आयोजना शुरु भएको हो । यो आयोजनामा एडीबी लगायतको ऋण भएकाले अगाडि बढेको हो । नत्र यो आयोजना भन्दा धेरै राम्रा आयोजनाहरु अगाडि बढेका छैनन् । यसरी नै हामीले आयोजनाहरु मँहगो बनाउँदै जाने हो भने हाम्रो जलविद्युत जनतालाई पनि महँगो पर्छ । नेपालको विद्युत निर्यात हुन पनि गाह्रो पर्छ । बंगलादेशमा भारतबाट विद्युत सस्तो पाउँछ भने नेपालको जलविद्युत बंगलादेशले किन किन्छ रु त्यसैले यो गम्भिर रुपले हेनुपर्नै विषय हो । हाम्रो प्राकृतिक स्रोत हामीले प्रयोग गरे मात्रै हामीलाई सस्तो पर्ने हो । हाम्रोमा जनलाईज गर्ने प्रचलनले पनि गाह्रो भयो । कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए त्यो करिडोरमा कुनै पनि परियोजना सस्तो हुँदैन । हामीसँग भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गर्नु पर्छ । त्यसबाट पैसा आउँछ ।’

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताउनु भयो । घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताउनु भयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो ।