काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाली कांग्रेससँग सहकार्य गरी सरकारमा सहभागी हुन लागेको नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन् ।
एमाले नेता रावलले समाजवादीका अध्यक्षसमेत रहेका माधव कुमार नेपाललाई इंगित गर्दै पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक रहेको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, "दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।"
दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।
— Dr. Bhim Rawal (@BhimRawal179) August 26, 2021











